Logo

राजनीति

टुँडिखेलको घटना सामान्य होइन, नसुध्रिएमा हावा हुण्डरीले उडाउँछ : अमरेशकुमार सिंह



काठमाडाैं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह सोमबारको टुँडिखेल र पाटन कृष्णमन्दिरको घटना राजनीतिक नेताहरु र दलहरुलाई जाग्नु पर्ने चेतावनी भएको टिप्पणी गरेका छन् ।

सिंहले बंगलादेशमा पनि सेख हसिनासँग पनि दुई तिहाईको जनादेश रहेको उल्लेख गर्दै आफूले भयाभव अवस्था आउँदै गरेको देखेको बताए । उनले दलहरुले आफ्नै नेतृत्वमा सरकार हुँदा पनि विश्व विद्यालय आफ्नै विद्यार्थी संगठनले बन्द गरिरहेको आरोप लगाए ।

सिंहले नेताहरु नसुध्रिएमा हावा हुण्डरीले नेताहरुलाई उडाउने समेत चेतावनी दिए ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलवार १३:३९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।