काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एक कार्यक्रममा सहभागी हुन पोखरा जाने तयारी भएपछि सहकारी पीडित आन्दोलनमा उत्रिएका छन् ।
पोखरामा हुने गण्डकी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न पोखरा पुगेका लामिछानेविरुद्ध चर्को नाराबाजी भइरहेको छ ।
उनीहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो बचतको संरक्षण’, ‘प्रहरी प्रशासनको दुरुपयोग बन्द गर’ जस्ता नारा लगाएका छन् ।
नाराबाजीका बीचमा कडा सुरक्षा घेराबीच लामिछाने भर्खरै कार्यक्रमस्थल पुगेका छन् ।
उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ताहरुले प्रदर्शन जारी राखेका छन् । प्रदर्शनकारीले सहकारी पीडितलाई दबाउन प्रहरी परिचलन गरिएकाे भन्दै नाराबाजी गरेका छन् ।




















प्रतिक्रिया