Logo

प्रमुख समाचार

उपसभामुखबारे साझा धारणा बनाउने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामाथि उठेको प्रश्नबारे साझा धारणा बनाउनेबारे छलफल भएको छ ।

बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले पार्टीको संसदीय दल र सत्तारुढ दल बसेर साझा धारणा बनाउने निर्णय गरेको हो ।

‘उपसभामुखले गर्नै नहुने काम गर्नुभयो, कुटनीतिक नियोगलाई पत्र लेख्ने जुन काम गर्नुभयो । यसले नेपालको संसदलाई नै अपमान गरेको कांग्रेसको बुझाइ छ, उहाँले मार्ग प्रशस्त गर्दा उपयुक्त हुन्छ’, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि भने, ‘यो विषय गम्भीर छ । यसले मुलुकलाई अपमान गरेको कांग्रेसको बुझाई छ । कसरी जाने भन्नेमा हाम्रो संसदीय दलको बैठक र सत्तारुढको समेत बैठक बसेर साझा धारणा बनाउँछौ ।’

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १२:४०   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।