Logo

अर्थ

हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त



काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अन्जु श्रेष्ठ नियुक्त भएकी छन् ।

कम्पनीको सञ्चालक समिति बैठकले हाल नायव प्रमुख कार्यकारी अधिकृत रहेकी श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले ४ वर्षको कार्यकाल सम्हाल्ने छिन् ।

नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृति भएपछि श्रेष्ठले कार्यभार सम्हाल्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आईतवार ११:२९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।