Logo

प्रमुख समाचार

१६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई सांसदको फरक मत



काठमाडौं । संसदीय सुनुवाइ समितिले १६ जना राजदूतको नाम बहुमतबाट अनुमोदन गरेको छ ।

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन हुन बाँकी छ । समिति सभापति ईश्वरी न्यौपानेका अनुसार श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको कागजात नपुगेकाले नाम अनुमोदन हुन नसकेको हो ।

सभापति न्यौपानेका अनुसार शैक्षिक योग्यताको प्रमाणपत्र आएपछि उनको विषयमा थप छलफल गरिने छ । राजदूतको नाम अनुमोदन गर्दा विभिन्न दलका समिति सदस्यहरूको फरक-फरक मत आएपछि सर्वसम्मत भने हुने सकेन ।

बहुमतबाट नाम अनुमोदन भएको राजदूतमा पनि दुई सांसदले फरक मत दर्ज गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्याल र जनता समाजवादी पार्टी नेपालका प्रकाश अधिकारीले केही राजदूतहरुको नाममा फरक मत राखेका हुन् ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार १६:१५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।