Logo

प्रमुख समाचार

ललिता निवास प्रकरणसँग कीर्तिपुरको जग्गाको कुनै साइनो छैन : शंकर पोखरेल



काठमाडाैं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको बताए ।

बाँकेको कोहलपुरमा कार्यकर्तालाई सम्बोधन गर्दै महासचिव पोखरेलले व्यवसायी मिनबहादुर गुरूङले १० रोपनी १४ आना जग्गा सहयोग गर्न चाहेपछि एमालेले सहर्ष स्वीकार गरेको बताएका हुन् ।

महासचिव पोखरेलले मिनबहादुरसँग सहयोग लिँदा एमालेले कुनै सम्झौता नगरेको पनि बताए । ‘मीनबहादुर गुरूङ जोडिएको ललिता निवास प्रकरणसँग एमालेले लगेको कीर्तिपुरको जग्गाको कुनै साइनो छैन,’ उनले भने ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार १४:२८   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।