Logo

प्रमुख समाचार

विपक्षी दलहरूले सरकारलाई ज्ञापनपत्र बुझाउने



काठमाडौं । विपक्षी दलहरूले सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

बाढी पहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुन:स्थापनाको बारेमा सरकारले गम्भीरता र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष बैठकले निकालेको छ ।

ज्ञापनपत्रमा यसअघिको विपद्‌मा सरकारले देखाएको बेवास्तापन, परराष्ट्र मन्त्रालयमा ११० जनाभन्दा बढी कर्मचारी थप्ने विषयलगायतका विषय समेटिने उनले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार ११:४४   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।