काठमाडौं । नेपालका सार्वजनिक जग्गा निजीकरण गर्ने काममा सरकार नै सक्रिय भएको पाईएको छ । केहि व्यापारीको निजी स्वार्थका लागि सार्वजनिक सम्पत्ति कौडीको मूल्यमा बिक्री गर्नमा सरकार आँफै बिचौलिया बनिरहेको छ । बिना पैसा राजनीति सम्भव छैन भन्ने भाष्य र सोहीअनुरूप हुने खर्चिलो चुनावी प्रणालीका कारण तिनै व्यापारीको लगानीमा चुनाव जित्ने र सरकारको नेतृत्वमा पुगेपछि नेताहरुले उनीहरुलो स्वार्थ पुरा गर्ने गरी बिचौलियाको भूमिका खेल्दै अएका छन् ।
पछिल्लो घटनाक्रमलाई हेर्ने हो भने सीमित व्यापारीको निजी स्वार्थका लागि ललिता निवास जग्गा प्रकरण, गिरीबन्धु टी स्टेटको जग्गा प्रकरण, सार्वजनिक संस्थाहरुको निजीकरण, सार्वजनिक जग्गा निजी व्यवसायीहरुलाई कौडीको भाउमा दिने काम सरकारबाटै भएको पाईन्छ ।
सार्वजनिक सम्पति निजीकरण गर्न सरकारका प्रतिनिधीले कतिसाम्म गर्छन् भन्ने बुझ्न ताप्लेजुङको प्रसिद्ध धार्मिक तिर्थस्थलमा व्यापारी चन्द्र ढकालले निर्माण गर्न लागेको केबलकार र स्थानीयको असहमतिपछि उत्पन्न भएको विवाद र सरकारले उक्त क्षेत्रमा गरेको राज्य आतंकलाई हेरे पुग्छ । एउटा व्यापारीलाई सहयोग पुग्ने गरी निर्माण गर्न लागिएको केबलकार निर्माणमा सरकारको नेतृत्व गरिरहेका दलका नेता तथा कार्यकर्ता हात धोयर लागिपरेका छन् । ताप्लेजुङबाट प्रतिनिधिसभा निर्वाचित एमालेका संसद योगेश भट्टराई सरकारको प्रतिनिधित्व गर्दै केवलकार बनाउनु पर्छ भन्ने लबिइङ गरिरहेका छन् ।
सरकारले चन्द्रागिरीको ३६ हेक्टर (७०९ रोपनी २ आना) जग्गा वार्षिक मात्र १ लाख ८० हजार रुपैयाँ भाडामा ४८ वर्षका लागि सुम्पिएको छ । यसको अर्थ प्रति रोपनी मासिक मात्र २१ रुपैयाँ १५ पैसामा राज्यको अमूल्य सम्पत्ति निजी स्वार्थका लागि हस्तान्तरण गरिएको देखिन्छ । यसरी सार्वजनिक जग्गा कौडीको भाउमा व्यापारी चन्द्र ढकाललाई जिम्मा लगाएको छ ।
चन्द्रागिरीमा पर्यटन प्रबर्द्धन गर्न भन्दै केबलकार निर्माण गरियो, तर त्यहाँ न त विदेशी पर्यटन भित्रिएर मुलुकमा आन्तरिक पुँजी भित्रिएको छ उल्टै नेपालीलाई नै यी व्यवसायीले लुटिरहेका छन् । मुलुकको पुँजी मानिएको चन्द्रागिरी पहाड नै चद्र ढकालको निजी बनाइएको छ ।
त्यस्तै लुम्बिनी केबलकार, मौलाकालीका केबलकार, जलपादेवी केबलकार प्रालि, गर्दै हाल पाथिभरा केबलकार व्यापारी चन्द्र ढकालको कब्जामा पुगिसकेको अवस्था छ । पाथिभरा नजिकको जमिन महँगोमा खरिद गरी परियोजना महँगो देखाएर केबलकार निर्माण गरी निजीकरण गर्ने, स्थानीयको सभ्यता नामेट हुनेगरी उनीहरुको मागलाई उपेक्षा गर्नेजस्तो षड्यन्त्र भईरहेको छ । जसमा सरकारको साथ रहेको अघिला केहि घटनाबाट प्रष्ट बुझ्न सकिन्छ । यसले स्थानीय जनसमुदाय र सरकारबीच धार्मिक एवं जातीय द्वन्द्व सिर्जना गरेको छ ।
एकजना व्यापारीको स्वार्थमा लागेर प्राकृतिक स्रोतको दोहन गरी ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार बनाउन राज्यले आदिवासी जनजातिमाथि गोली चलाएको छ। मुक्कुमलुङ संघर्ष समिति, केवलकार खारेजी संघर्ष समितिलगायतले पाथीभरामा बन्ने केवलकारको सुरुदेखि नै विरोध गरिरहेका छन् । तर, चन्द्रागिरी, मौलाकालीलगायतमा वन कब्जा गरेर केवलकारको व्यापार गरिरहेका चन्द्र ढकालले पुनस् पाथिभरामा जबरजस्ती ढंगले पाथीभरा क्षेत्रमा केवलकार निर्माण सुरु भएको छ। जसमा राज्यले स्थानीयमाथि गोली चलाएर चन्द्र ढकालको केवलकार निर्माणलाई साथ दिइरहेको छ ।
पाथीभरामा केबलकार निर्माणमा उत्पन्न विवादले देशभरका सार्वजनिक जग्गा कौडीको मूल्यमा हडप्दै आएको तथ्य सार्वजनिक भएपछि ढकालको आभियानमा भने धक्का लागेको छ। जसले गर्दा ढकालले सुदुरपश्चिममा निर्माण गर्न लागेको जलपादेवी केबलकार निर्माणमा समेत असर परेको छ ।
छुटाउनु भयो कि ?
चन्द्र ढकाल ज्यू ‘रगत बगाएर, दाजुभाइ फुटाएर के-को विकास ? : कार्टुनिष्ट माड्साब
चन्द्र ढकाललाई मनोज गजुरेलको दनक : ‘केबलकार निर्माण पक्ष पछाडि हट, जनभावनाको कदर गर’
केबलकार परियोजना एमालेकै हो, चन्द्र ढकाल बुख्याँचो मात्र हो : दुर्गा प्रसाईं
केबलकार रोक्न कोशीका सांसदहरुको माग: निषेधाज्ञा र कर्फ्यू लगाएर गरेको दमन सैह्य नहुने जिकिर
पाथीभरामा गोली हान्न आदेश दिने सिडीओ शर्मालाई मन्त्रालय तानेर कारबाही गर्ने तयारी
पाथीभरामा केवलकार बनाउने ढकालको हुटहुटी कायमै: धर्ममा अनास्था, व्यापार किन धार्मिक क्षेत्रमै ?
चन्द्रागिरी केबलकार जग्गा प्रकरण : भ्रष्टाचारको अर्को डरलाग्दो अध्याय
ग्लोबल आइएमई बैंकका शाखा बन्द गर्न १९ संगठनको अल्टिमेटम, चन्द्र ढकाललाई चेतावनी
केबलकार विवादमा वरिष्ठ अधिवक्ता इङनामको प्रश्न – ‘यो सरकार व्यापारी चन्द्र ढकालको कि जनताको ?’




















प्रतिक्रिया