Logo

बागमती प्रदेश

चितवनमा कौडा खेल्ने २४ जना पक्राउ



चितवन जिल्ला प्रहरी कार्यालयले रु ५ लाख १७ हजार १७५ सहित २४ जनालाई  जुवाको बाटै पक्राउ गरेको छ । उनीहरुलाई जिल्लाको भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरेको हो ।

स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खोरमा कौडा खेलिरहेको गोप्य  सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको प्रहरीले बताएको छ । 

पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए । 

 

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार ११:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।