काठमाडौं । जुम्ला–सुर्खेत सडकखण्ड र जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण सडकखण्ड अवरुद्ध भएको हो ।
आज बिहान ६ बजे कालिकोट खाँडाचक्र नगरपालिका–५ बिहानी खोलानजिक जुम्ला सुर्खेत सडकखण्डमा माथिबाट आएको पहिरोले राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बैतडीस्थित जयपृथ्वी राजमार्ग खोड्पे बझाङ सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ । बिहान ७ बजे बैतडी सिगास गाउँपालिका–९ रमिलापुरस्थित जयपृथ्वी राजमार्गअन्तर्गत खोड्पे बझाङ सडकखण्डमा पहिरो आएर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
अवरुद्ध दुवै सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।




















प्रतिक्रिया