ललितपुरको इमाडोलमा आगलागी भएको छ । शुक्रबार दिउँसो महालक्ष्मी नगरपालिकाको बालकुमारी पुल नजिकै बायाँतिर रहेको फोहोर मैला संकलन गर्ने ठाउँमा भीषण आगलागी भएको हाे ।
आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राई जानकारी दिनुभयाे । उहाँका अनुसार आगो नियन्त्रणको लागि ललितपुर महानगरपालिकाको ३ वटा दमकल प्रयोग भइरहेको छ । त्यस्तै काठमाडौं महानगरपालिकाको दमकललाई समेत बोलाइएको ललितपुर प्रहरीले जनाएको छ । आगलागीको कारण खुलिनसकेको राईले बताउनुभयाे । आगलागीको विस्तृत विवरण आउन बाँकी छ।





















प्रतिक्रिया