विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि तीब्र रुपमा फैलिरहेको छ । अहिले देशको कुल कोरोना संक्रमितमध्ये आधाभन्दा बढी सङ्क्रमित काठमाडौं उपत्यकामा देखिनथालेका छन् । उपत्यकाका अस्पतालहरु कोरोना संक्रमितले भरिन थालेका छन् । आइसियू र भेन्टिलेटर भरिएका छन् ।
यसै सन्दर्भमा काठमाण्डौ उपत्यकामा फेरि लकडाउन घोषणा हुनसक्ने सम्भावना भएको छ । कोरोना भाइरसको हटस्पट बनेर अनियन्त्रित हुने खतरा बढेसँगै लकडाउनको सम्भावना सुरु भएको छ ।
काठमाडौं उपत्यकाभित्रका महानगर र नगरपालिकाहरुका मेयरहरुको संगठन मेयर्स फोरमले कम्तिमा दुई देखि तीन साता लकडाउन गर्न सुझाव दिएको बताईएको छ । उनीहरुले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र सरकारलाई समेत यस्तो लकडाउन गर्न सुझाव दिएका हुन् । मेयर्स फोरमले उपत्यकामा शंकास्पद सबैको स्वाब परीक्षण गर्न र कन्ट्रयाक्ट ट्रेसिङ्ग समेत गर्न समेत सुझाव दिएको छ ।
जाडो मौसम सुरुभएसँगै कोभिड १९ को जोखिम झन् झन् बढेपछि उपत्यकामा त्रास बढेको छ । यूरोपमा चीसो बढेपछि कोरोना भाइरसको संक्रमण फैलिएको छ । त्यहाँ अस्पतालहरु भरिन थालेका छन् । उपत्यकामा पनि त्यस्तै अवस्था आउन नदिन मेयर्स फोरमले सरकारको ध्यानाकर्षण गराएको छ ।





















प्रतिक्रिया