काठमाडौं । मनाङको हिमलुङ हिमाल क्षेत्रमा आइतबार बिहान गएको हिमपहिरोमा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ। मृतकको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
हिमपहिरोपछि उद्धारका लागि काठमाडौंंबाट परिचालन गरिएको टोलीले आइतबार नै दुई जनाको शव फेला पारेको हो। प्रहरीका अनुसार गाइडसहितको उद्धार टोलीलाई दुईवटा हेलिकप्टरमार्फत हिमलुङ क्षेत्रमा पुर्याइएको थियो।
हिमलुङ क्षेत्रमा हिमपहिरो गएपछि नेपाल नेसनल माउन्टेन गाइड्स एसोसिएसन (एनएनएमजीए) ले आठ सदस्यीय खोज तथा उद्धार टोली परिचालन गरेको थियो।
हिमपहिरोमा परी १४ जना सम्पर्कविहीन भएको जनाइएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
काठमाडौं — मनाङको हिमलुङ हिमाल क्षेत्रमा आइतबार बिहान गएको हिमपहिरोमा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ। मृतकको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया