Logo

अन्तर्राष्ट्रिय

एकाबिहानै विमान दुर्घटना, १२ जनाको मृत्यु



आइतबार बिहानै विमान दुर्घटना हुदा १२ जनाको ज्यान गएको छ ।  ३० सिटे क्षमताको उक्त डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

कोलम्बियाको भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गर्दा डाउग्लासमा दुर्घटनामा परेको थियो ।

विमान चालकले विमानमा प्राविधिक समस्या आएको जानकारी दिएलगत्तै सम्पर्कविहीन भएको थियो । त्यसको एक घण्टापछि विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका छन् । यो विमानमा दुई इन्जिन थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आईतवार ०५:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।