Logo

समाचार

जापानस्थित क्योदाइ रेमिट्यान्स आइएमई अन्तर्गतको जीवनवीमा योजना



सस्तो, सुलभ र बिश्वसनिय रेमिट्यान्स सेवाको लागी परिचित रेमिट्यान्स कम्पनीक्योदाइ रेमिट्यान्स आइएमईले ‘तपाईंको कमाइअनी परिवारको सुरक्षा सँगसँगै’भन्ने प्रतिबद्धताका साथआफ्ना सेवाग्राहीका लागि दुर्घटना जीवनबीमा योजना ल्याएको छ ।

योजनाअन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्समार्फत परिवारका सदस्यवाअन्यब्यक्तिलाई पैसा पठाउँदा नेपालमा भुक्तानी पाउन ुहुने ब्यक्तिले भुक्तानी पाएको दिन देखी रु पाँच लाखको १ बर्षे दुर्घटना जीवनबीमा हुनेछ ।

क्योदाइ रेमिट्यान्स् आइएमईले आफ्ना सेवाग्राहीले गर्ने प्रत्येक कारोबारमाबोनस पोइन्ट दिने गरेको छ ।यो दुर्घटना जीवनबीमायोजना ४० वा सोभन्दाबढीबोनस पोइन्ट हुने सेवाग्राहीमालागु हुनेछ ।

सोहीआधार बमोजिमजनवरी महिनामा जापानबाट नेपालमा पठाएको पैसाको भुक्तानीलिनुहुनेहरु मध्यबाट २,१३७ जनाको प्िरतब्यक्ति रु. पाँचलाखको १ बर्षे दुर्घटनाजीवनबीमागरिएको जनाइएको छ । सम्पूर्ण बिमितहरुको नामाबली कम्पनीको अधिकारिक फेसबूक पेजमा प्रकाशित गरीएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार ०४:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।