Logo

अनलाइनपाना खोज

जिन्दगी…



नवलपुर, भर्खर भर्खर सहर हुदैछ । यहाँको बसाईमा म छु । हुन त म बाहिरी जिल्लाको मान्छे हुँ । तर मेरो बर्षौ सम्म यहाँको माटोसंग परिचित जस्तो लाग्छ । यही माटोको सानो साइनो र कथाहरु पस्किने रहर थियो मेरो । यहाँको मान्छेहरुसंगको घुलमेल साथीहरु र लालु । लालु यही बस्तिको मान्छे । उस्लाई नेपाली भाषा भन्दा थारु भाषामा बढि बोल्न मन पर्छ तर मलाई थारु भाषा कहि बुझिरहेको हुन्न । तर पनि उस्ले मलाई सधै संगहटिया भन्छ । मैले ऊ कालो भए पनि हिस्सी परेको लाग्छ ।

खोइ के काम हो उ आजभोेली निकै ब्यस्त देखिन्छ । तर निकै फोन गरे भन्छ कस्तो छ ? मैले आत्यिता पाइएको छु । त्यो आत्मियतको कहानी हो यो । क्याम्पस के हो थाहा नै नभएकी म र क्यामपस सकाएर गाउकै स्कुलमा पढाउने उ सबैको मन पर्ने शिक्षक हो । मन पर्ने विषय नेपाली र साहित्य पनि । साह्त्यिमा कविता राम्रो लेख्छ रे ? कविताको बारेमा बताउथयो यो ।मेरो बस्ने डेरा नजिकै उस्को दुइ तले घर छ । त्यही नेर हर्की बबीको घर । अनि पवि पुजना पनि । यीनीहरु मेरो साथी ।

बेलुका भए पछि पानीपुरि र चट्पटे खानै पर्ने । विहिबारे वजारमा कान्छा दाईको ठेलामा पुगेर टन्न चट्पटे खाने र हास्दै घरमा आउने । काम छैन । घरमा कमाउने मान्छे सबै छन् । हँ कहिलेकाही हामी निकै मस्ति गरेर हैरान गरेका हुन्थ्यौ छिमेकीलाई ।गाउ भरिको केटा केटीहरु बोलाएर यति यति पानी गैगै रानी खेलेर चिच्याएर हैरान बनाएको हुन्थ्यौ । कहिले काही अरु बच्चाहरुको झगडामा पर्थि पवि । अनि लाले पनि सहभागि हुन्थ्यो । पछाडीबाड हात रुमालले हानेर जिस्क्याउथ्यो खुव । त्यहाँ पविको साथीहरु खासै थिएनन् । तर ऊ नचिनेको मान्छेहरुसंग पनि बोल्थि । मनमामा आएको कुरा मनमा राख्नै पर्छ हुन्न भन्ने मान्यता थियो उस्को । केही करा अपत्यारिलो गरि भने उस्लाई कसम यामु मर्न परोस हो रे के ?

कति नपत्याएको हो भन्दै आखाँ र मुख बडेमाको बनाउथी । र आँखा भरि आशु पारेर जरुक्क हिडिदिन्थी । शुरु शुरुमा मैले यो कस्ति खालको केटी होला भन्ने लाग्ग्यो तर एकै छिन पछि फरि आएर भन्थि हो रे के कति नपत्याएको भन्दै चेपारो पार्थी र कति नपत्याएको हो । उस्ले फेरि जित गर्थी । महिना पछि पनि भन्थि यो कुरा नपत्याएको होइन थाहा पाउछेस अव भन्थि । होइन जे कुरा गरे पनि महिना सम्म याद हुन्छ की के हो ? मैले भन्थे । लामो जिब्रो ओठले टाकेर गल्ति गरेको रहेछु भन्थि । एक दिन मात्र होइन थुप्रै एउटा कुरा लिएर जिन लिनु पर्ने पविलाई । त्यस्तै पुजना को स्वाभाव अलि फरक छ ।

उस्लाई जे कुरा पनि सुन्न पर्छ । आफु कम बोल्छु भन्ने लाग्छ तर सबै भन्दा बढि उही बोल्छे । छ्या यो पवि त अति बोल्नु पर्ने भन्दा हामी चाहि खुव हास्थ्यौ । भन्दै जान्थि मलाई बोलेको मन पर्दैन, चुप लागेर हिड्न नसक्ने कस्तो तिमीहरु त ? अस्ति मामा घर जादा पनि मामाको छोरी त्यस्तै बोलेर हैरान पारेकी लगभग १५ मिनेट बोलेपछि हामीले भन्थ्यौ कति बोलेको हामी बोलेकै थिएनौ । लालु र अमृत पनि हाम्रो निकै साथी भएका थिए । सिनेमाहल, हाट बजार घुम्ने ठाउमा हामी प्राय नै संगै हुन्थ्यौ । किन अमृतलाई पविले देख्नै रुचाउदिन थिइ । बोल्दा बोल्दा तँ काले तेरो अनुहार देख्न मन पर्दैन भन्थि ।

कुरै कुरामा एक दिन पुजनाले भनि होइन किन तिमीहरु कुकुर बिरालो जस्तै गरेको हुन्छौ लाज छैन । मैले जान्न चाहि तिनीहरु आफै आफैमा पोल खोला खोल गरेका हुन्थे । कसैले कसैको बारेमा केही सोध्न पर्दैन । आप्से आफ सबै कुरा भन्छन । तर अमृत अलि सस्कारी बन्न खोज्छ । उस्ले समाजशास्त्रको कुरा गर्न मन पराउछ ।

मानव इतिहासको कुरा गर्न मन पराउछ । कहिलेकाही देशको घटना तथा परिघटनाहरुको बारेमा गम्भिर भएर कुरा गर्ने गथ्यो । सामान्य कुरामा मलाई केही रिस उठ्दैन तर पनि अप्ठुयारा कुराहरुमा र देश बिगार्नेहरु प्रति अति नै रिस उठ्छ । उस्लाई जानि नजानि राजनैतिक कुराहरु सुनाउन पर्छ । पुजनालाई पनि राजनिति निकै मन पर्छ ।

समसामयिक कुरामा अलि बढि चासो हुन्छ । ध्यान दिएर पत्र पत्रिका पढ्ने, त्यही विषयमा छलफल गर्नु यिनीहरुको काम हो । कहिलेकाही यिनीहरुको कुरा सुनेर म पनि अचम्म पर्छु । निर्मला पन्थको घटनामा यिनीहरुले निकै कुरा हुन्थ्यो । प्रहरी नै दोषी हो । सयन्त्र नै मिलेर त्यो घटना लुकाइएको हो । यावत कुराहरुमा उनीहरुको छलफल भएको हुन्थ्यौ ।

होइन यिनीहरुले नेतालाई कति गाली गरेको हो ? उनीहरुलाई मैले भन्थे । तर उनीहरु झन रिसाएर भन्थे नेताहरुले विगारेको नै छन् त के गर्ने त ? लालुले भन्थे, यो मौनताले सुनेर त केही भन्न हुनन के नेताहरुलाई यिनको त ससुरा हो । यिनीहरु यसै गरी जिस्किएका हुन्थे । होइन तिमीहरु किन जिस्किएका हौ ।

देशमा घटेको हरेक कुराहरुको यिनीहरुले खण्डन गर्न पर्ने थियो । यिनीहरुले काम गरेका थिएनन् । म पनि काम गरेको नै थिइन । एक दिन लालुको साथीले मसला कम्पनीको बजार ब्यवस्थापकको मा काम खोजे पछि म भने काम मा जान्थे । दिनको ३ घण्टा भन्दा काम गर्नुपर्ने थिएन । तर साथीसंगको भेट भने उत्तिकै रहन्थ्यो । मौनत आज किन ढिला गरेको । हामीले त एक्लै जान भनेर लागेको थियौ । बजार सम्म जाने मेरो शोक थिएन । उनीहरु बाटोमा हिड्दा पनि हिन्दी र भोपुरी गित सुन्थे ।

निकै सामान्य जस्तो गरि ती गीतको लयमा लय मिलाएर गाउथे । कहिले काही नेपाली दोहोरी गीत पनि । सबै जना एउटै उमेर समुहका हामी । कहिल्यै अरुसंग कुरा हुदैन्थ्यो । मैले भाडामा बस्ने गरेता पनि धेरै जसो यिनीहरुसंगको उठ् बस थियो । निकै रमाइलो गरि बितेको थियो यहाँ मेरो दिनचर्याहरु ।

मैले कसैको सपनाको भन्दा पनि मैले आफनै काममा बितेको थियो । एक्लै बसेको पनि धेरै भएको थियो । लालुको क्याम्पस थियो । लालुले मलाई छुट्टै किसिमले सपोट गरेको हुन्थ्यो । लालुले मलाई एक दिन साँझमा फोन गरेर मौनता तिमीले जसरी भए नि पढ्न पर्छ है भनेको थियो । मैले यसरी पढाइको महत्व बुझेको छु । तर तिमीले त सिक्न पर्छ । कुनै पत्रिका ल्याए पछि कोठामा ल्याएर यो पढ त भन्थ्यो । निकै परिपकक ब्यवहार थियो । अलि नजिक हुन्थ्यो । अनि मेरो बारेमा निकै चासो रहन्थ्यो । निकै ख्याल गरेको हुन्थ्यो । सामान्य लाग्ने कुराहरु पनि उस्ले निकै गम्भिर भएर सोच्थ्यो । सपनाहरु त सपना नै हो । कसैले आफसंग जोडेर सपना देखाउछ । त्यही सपनाहरुको एउटा समुह हामी र हाम्रो एक अकौको दैनिकी बारेमा अरु अँकमा लेख्ने छु । हामीले यही गाउका बसेको र संगै रहेर यहाको माटोसंग मित्रता बढाएको थियौ । युवा समुह अनि संगं घुम्ने हाम्रो समुहको हौ ।

हाम्रा जीवनमा घटेका घटना र परिघटनाहरुको र हामीले गेको रमाइला कामहरुको बारेमा लेखेको नोट हो । हामीले दैनिक जीवनमा के गरेको थियौ यही कामको बेली विस्तारमा बताउला । म मौनता । मेरो घर पहाड । मैले तराईमा झरेको धेरै समय भएको छैन् । तर यिनिहरुसंगको विचको अभिन्न सम्वन्ध ।

हामीले उमेर संगै हामीमा आएको पविर्तन अनि सम्बन्धलाइ कसरी निर्वाहा गरेको छौ त्यहि कुराहरुको बारेमा बताउने छु । त्यहि समसहमा मिसिएकी थिइन सबिता । सबिताको बानी के थियो भने दिनभरि के भयो त्यहीको बारेमा कुरा गर्ने । समयले क्रममा हामीले यहाँको परिबेश सम्बन्धमा के हुन्छ त्यो त बताउनै बाकी छ । सबिता हाट बजारमा तरकारी बेच्छिन ।

उनको कुरा नै अलग छ । पतिले छोडे पछि उनी माइत आएर बसेकी हुन् । उनले आफुले माइतिलाई पालेको छु भन्छिन । उनको हप्तामा ४ दिन बजार मै दिन जान्छ । हामीले उनको हरेक कुरा सुन्छौ । हो त उनी कति सहासी छन । उनको बोली पनि कर्कश छ । जीवनमा जहाँबाट पनि ठक्कर खाएर होला जस्तो मान्छेसंग पनि बाझा बाझ गर्ने पर्छ । बजारमा पनि उनी एक्लै भए पनि ब्यापारमा कमि भयो । घाटा भयो भनेर कहिल्यै भनेको सुनेका थिएनौ । तर हिजो भने तरकारी बढेको भएर ब्यापार कम भयो । कस्ता चुतियाहरु हुन्छन् । धनी मान्छे भन्थिन । घर तीन तला भए पनि तरकारीहरु किन्दैनन् । उनको गनगन ब्यापार भएनमा नै हुन्थ्यो । यहिको श्रृंखलाबद्धलेख्ने छु । क्रमस…

लेखक : शिल्पा लाेचन

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार ०३:३५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।