हिउँ पर्यटक आर्कर्षित गर्ने तथा सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० बर्ष सफल बनाउन शनिबार देखि मुस्ताङको मुक्तिनाथमा तेश्रो राष्ट्रिय स्की च्याम्पियनसीपको तयारीका लागि २ दिने प्रशिक्षण अभ्यास सुरु भएको छ । नेपाल स्की संघले यसका लागि स्की खेल्ने ३६ खेलाडीलाई हिउँको सेताम्मे पाखोमा तालिम अभ्यास गराई रहेका छ ।
संघले यसपटक पनि पुनः दोहोर्याएर संघले मुस्ताङमा तेश्रो राष्ट्रिय स्की च्याम्पियन गर्न लागेको हो । संघले तालिम दिएका दोलखा, रसुवा, सोलु र काठमाडौँ आसपासका २१ पुरुष र १५ महिला खेलाडीले च्याम्पियनसीपमा भाग लिने स्की संघका सचिव बशन्तराज कार्कीले जानकारी दिए । उनका अनुसार यसपटक अधिकाँश पुराना र केही नयाँ खेलाडीले सहभागी जनाउने भएका छन् ।
वारागुङ मक्तिक्षेत्र गाउपालिका –१ मुक्तिनाथ रानीपौवा खेल मैदानमा अल्पार्ईन स्की र नोडिक स्कीको तालिम दिईएको छ भने रानीपौवा बजारको पुर्वतर्फ करिव ३ सय मिटर लामो २ वटा थुम्का भएको हिउँले भरिएको पाखोमा क्रस कन्ट्री स्की खेलको तालिम दिईएको प्रशिक्षक रामप्रसाद गुरुङले जानकारी दिए । ३ वटै बिधाको स्की खेलका लागि ४ जना स्की प्रशिक्षक खटिएका छन् । खटिएका प्रशिक्षकमा रामबहादुर गुरुङ , शेरबहादुर गुरुङ र क्याप्टेन धुब्र सेन लगायत छन् ।
उनीहरुले बिहान ८ बजे देखि साझ ४ बजे सम्म स्कीको तालिम दिईरहेको अर्का प्रशिक्षक शेरबहादुर गुरुङले बताए । यसपटक अन्तराष्ट्रिय स्की च्याम्पियनमा भाग लिएका केही महिला र पुरुष खेलाडी रहेको प्रशिक्षक गुरुङले उल्लेख गरे । क्रस कन्ट्री स्कीमा ३ जना प्रशिक्षक छन् भने अल्पाईन र नोडिक स्कीमा एकजना प्रशिक्षक खटिएका छन् । प्रशिक्षक गुरुङका अनुसार यसपटक ३ जना स्की खेलाडी नयाँ रहेको छन् ।
नेपाल स्की संघले यसअघि रसुवाको क्यान्जेन भ्यालीमा पहिलो र गत वर्ष मुक्तिनाथमा दोश्रो संस्करणको स्की च्याम्पियनसीप संम्पन्न गरेको छ । सडकमार्ग, यातायात, होटल र स्की पूर्वाधार सजिलो भएकाले तेश्रो सस्करणको स्की स्थान मुक्तिनाथलाईनै छनौट गरिएको संघका सचिव बशन्तराज कार्कीले जानकारी दिए ।
नेपालमा स्की खेलको विकास तथा अन्तराष्ट्रिय स्तरको स्की प्रमोशन गर्न कार्यक्रम गर्न लागेको सचिव कार्कीले खुलाए । उनका अनुसार स्की प्रशिक्षण तथा च्याम्पियनसीप गर्न करिव २७ लाख बजेट खर्च हुने बताए ।उनले भने , ‘ खर्च सबै स्की संघले गर्ने हो । संघले खर्च मेन्टेन गर्न पर्यटन मन्त्रालय ,प्रदेश सरकार र पर्यटन बोर्ड संग प्रस्ताब गरेका छौं । संघले नाफा भन्दा पनि माउन्टेन स्की खेलको प्रर्वद्धन तथा हिउँ पर्यटक आर्कर्षित गर्ने रहेको छ ।’
संघले नेपाली खेलाडीलाई अनुकुल तालिम दिन सकेमा अन्तराष्ट्रिय ईभेन्टहरुमा खेल्न सक्छन् भन्ने म्यासेज यसप्रकारको च्याम्पिनसीपले दिने संघका महासचिव बिजय श्रेष्ठले बताए । उनले स्की तालिममा स्थानीय युवायुवतीलाई समेत अल्पाईन तथा नोडिक स्कीमा सहभागी गराईने जानकारी दिए ।
स्थानीयलाई सिकाउन सके बेमौसमे पर्यटकीय सिजनमा पनि पर्यटकको रिक्तता पुरा गर्न स्कीले सघाउ पुर्याउने उल्लेख गरे । उनले हिउँदे खेलकुदको रुपमा रहेको स्की खेलकुदले सहर–बजारका युवाहरु प्रमोसन गर्दै हिउँ खेल्न र हेर्न मुस्ताङ आउने महासचिव श्रेष्ठको दावी छ । उनले पर्याप्त हिउँ परे मुक्तिनाथक्षेत्रमा पर्यटन विकासका लागि स्कीले महत्वपूर्ण योगदान पु¥याउने जनाए ।
बर्खायाममा मुस्ताङमा धार्मिक तथा अन्य पर्यटक आउने गरेको पाईन्छ । तर ,हिउँदयामा चिसोका कारण पर्यटक उपस्थित न्युन हुन्छ । यहाका स्थानीय र पर्यटन व्यवसायी समेत बेशी झर्छन् । स्की प्रमोसन भएमा मुक्तिक्षेत्र १२ महिना पर्यटकको चहलपहल बढ्ने संघको भनाई छ ।
मुक्तिनाथमा २ दिने स्की बाहिरी सत्रको अभ्यास भईरहेको छ । अभ्यास सकिए लगत्तै सोमाबार स्की च्याम्पियन हुने संघले बतायो । स्की च्याम्पियनसीपको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।



























प्रतिक्रिया