Logo

अनलाइनपाना खोज

प्रभु बैंक फस्यो समस्यामा, ऋण उठाउन नसकेपछि डुब्ने खतरा



प्रभु बैंकको ओरालो यात्रा निरनतर चलेको छ । बैंकको खराब अवस्थाका कारण डुब्ने खतरा समेत देखिएको छ । हामीले केहि साता पहिले प्रभु बैंकको खराब कर्जा झन् धेरै बढ्ने विश्लेषण गर्दै बैंकको अवस्था नसुध्रने समाचारमा उल्लेख गरेका छौं ।

उक्त विषय बैंक आफैले पुष्टि गरेको छ । बैंकको ऋण धेरैले डुबाएका छन् । बैंकले ऋण उठाउन सकेको छैन । उल्टै खराब ऋण बढेको छ । किष्ट र ग्राण्ड जस्ता खराब बैंकलाई आफूमा गाभेको प्रभु बैंकले खराब कर्जा घटाउन नसक्दा उसले खुद नाफामा खासै सुधार गर्न सकेको छैन। बैंकको खराब कर्जा २.४७ प्रतिशतबाट बढेर ३.१२ प्रतिशत पुगेको छ ।

बैंकको खराब अवस्थाले नाफामा राम्रो सुधार समेत हुन सकेन । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३ करोड रहेको छ ।

समीक्षा अवधिमा बैंकले निक्षेप संकलन बढाएर १ खर्ब १५ अर्ब ५० करोड रुपैयाँ र्पुयाएको छ भने कर्जा प्रवाह बढाएर ९४ अर्ब ७१ करोड रुपैयाँ र्पुयाएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा ८ अर्ब ८९ करोड रहेको यस बैंकको चुक्ता पूँजी पुस मसान्तसम्ममा बढेर १० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

यता बैंकको जगेडाकोषको आकर भने झनै घटेको छ । गत वर्ष ३ अर्ब ९० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा घटेर ३ अर्ब ८५ करोड रुपैयाँमा झरेको छ ।

छुटाउनु भयो कि ?

प्रभु बैंक डुब्दै ! अर्बौ ऋण जोखिममा

सर्वसाधारणको प्रतिक्रिया– प्रभु बैंक ‘महाठग’ !

प्रभु बैंक खराब अवस्था : देखिएन सुध्रने छाँटकाट

प्रकाशित मिति : २१ माघ २०७६, मंगलवार १२:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।