Logo

अनलाइनपाना खोज

अन्तत: चीनले नै सफल परीक्षण गर्‍यो कोरोनाविरुद्धको भ्याक्सिन



चीनमा आविष्कार गरिएको कोरोना भाइरस (काभिड–१९) को सुई (भ्याक्सिन) लगाएका चिनियाँ स्वय्मसेवकहरुको पहिलो टोली स्वस्थ रहेको बताइएको छ । सुई लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहरु सबै स्वस्थ रहेको डेलीमेलले जनाएको छ।

बुहानमा गरिएको उक्त पहिलो परीक्षणमा भाग लिएका १४ जना स्वय्मसेवक फिर्ता भएका हुन् । शुक्रबारसम्म १०८ जना स्वय्मसेवकहरुमध्ये १८ जनाले सबै स्वास्थ्य परीक्षण गरिसकेको छन् ।

सबै स्वय्मसेवकहरुलाई छ महिनासम्म वैज्ञानिकहरुले निगरानीमा राख्नेछन् र पछि उनीहरुको रगतको नमूना लिएर एन्टीबडिज्लाई शुक्ष्म रुपमा अनुसन्धान गरिनेछ। यदि यो सुई प्रभावकारी र भरपर्दो भएको पत्ता लागेमा वैज्ञानिकहरुले विदेशमा थप अनुसन्धान गर्ने बताएका छन्।

प्रकाशित मिति : २३ चैत्र २०७६, आईतवार १७:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।