विश्व विख्यात,
योग आयूर्वेदको भिष्मपिता,
बहुमुखी प्रतिभाको धनी समग्र,
विश्व मानसपटलमा आयूर्वेदको स्थापीत गर्ने
महामनिर्षि, आयूर्वेद जगतको भगवान,
आयूर्वेद शिरोमणी, ऋषि परमपराकोसंवाहक,
वर्तमान धन्वन्तरि, महान कर्मयोगी, महामानव,
परमपूज्य आचार्य श्री बालकृष्ण जी महाराज
हजुरको जन्म दिन उत्तम एवम्
सबै प्रकार कल्याणले युक्त भई
प्रमेश्वरको सदासर्वदा आर्शिवादले निरन्तर
विजय पथ लम्किरहोस्।।
हजुरको जन्मदिन–जडीबुटी दिवसको
पावन अवसरमा साष्टाङ्ग, दण्डवत
एवम्शत शत नमन सहित
हार्दिक मगंलमय शुभकामना हजुरलाई ।।

महान कर्मयोगीको अविरल यात्रा
योग आयुर्वेदको महान विद्वान्
मनिषि जसले भूमण्डलमा
योग आयुर्वेदको अवतरण गराएर
आध्यात्मिक दियो जलाएरदेश, समाज र व्यक्तिलाई प्रकाश
दिनुभयो ऋषि परम्पराको कुशल प्रतिनिधि हजुरको चरणमा
पुष्पगुच्छा सहित कोटी कोटी प्रणाम हजुरलाई ।

ईश्वरको वरदान
रोगीहरुको भगवान हो हजुर
करोडौं जनताको लागि महान हो हजुर
अद्भूत दैवी शक्ति, सामथ्र्य
अलौकिक दिव्य आत्मा छ हजुरमा
हृदयमा दयाको सागर
वाणीमा अमृत बन्छ
जोसँग परोपकारको गंगा
अविरल बगिरहेछ
हाम्रो प्राचीन ऋषिमुनिहरुको धरोहर
आयुवेद मनिषि आचार्य ज्यू एवं
योग ऋषि सवामीज्यूको चरणमा
पुष्पगुच्छा सहित
कोटी कोटी प्रणाम हजुरलाई ।

ज्ञानको भण्डार साँच्चै सागर हो हजूर
यही सागरमा स्नान गर्नेको घुइँचो
आध्यात्मिक जीवन दर्शन र परमात्माको
चिन्तनमननका लागि
हजुर नै एउटा पवित्र तीर्थ हो
मनुष्यका लागि
आउँछन्, स्वास्थ्य र निरोगिताको सूत्र लिएर फर्कन्छन्
रोगी र दुःखी भएर आउँछन्
निरोगी र सुखी भएर फर्कन्छन्
आजको विश्व जनसमुदायमा
बेसहाराहरुको सहारा हो हजुर
अँध्यारो हटाउने चम्किलो सूर्य तारा हो हजुर
जडिबुटीको धनवन्तरी संसार सार हो हजुर
भावनाका पुष्प गुच्छाहरु चढाउँदै चरणमा
कोटी कोटी प्रणाम हजुरलाई ।

आज मानव संसार प्रकृतिमा रमाउन खोज्छ
यहाँ त हजुरहरुमा प्रकृति आफै रमाउन खोज्छ
अजम्बरी साइनो गाँस्न चाहन्छ
हामी जडिबुटी बोटविरुवाको परिचय र चिनारी खोज्छौं
हजुरहरुमा जडिबुटीहरु बोल्छन्, परिचय दिन्छन्
आफ्नो अभिभावक ठान्छन्
पशुपक्षी चराचुरुंगी, प्रकृति र बोटविरुवालाई
खोज अनुसन्धान गरी संरक्षण गर्ने
सृष्टिकै वरदान हो हजुर ।

सङ्घर्ष र चुनौतीसँग सदावहार भिजिरहने
असम्भवलाई सम्भवमा बदलिदिने
ऋषि परम्परा पुनरजीवित गर्ने कालजयी लेखक
विश्राम कहिल्यै नगर्ने, भगवानद्वय महापुरुष
महान कर्मयोगीको परिचय र प्रशंसा
सङ्घर्षलाई कसैले कुनै परिधिमा नाप्न सक्दैन
न त कुनै विद्वान वा लेखकले शब्दकोषको
शब्दरुपी पुष्पगुच्छाले सम्बोधन र बयान गरेरै सक्दछ
देश, जनता र समाजको अमूल्य सेवाका लागि
भारत वर्ष मात्र होइन पूरै विश्व नै युगौं युग ऋणी रहनेछ
हजुरको पवित्र पथ त्यो चरणमा

भावनारुपी यही शब्द पुष्पहरु छोडेर
हजुरको चरणमा हजुरको जन्मदिन–जडिबुटी दिवसको
पावन अवसरमा शुभकामना सहित
कोटी–कोटी प्रणाम ऋषिवर,
कोटी–कोटी प्रणाम ऋषिवर ।
(लेखक : युवराज सुवेदी युबा लेखक तथा अनुसंधानकर्ता हुन्)





















प्रतिक्रिया