Logo

शेयर बजार

आज नेप्सेमा भिषण पहिरो



साताको पहिलो कारोबार दिन आईतबार नै नेप्सेमा भिषण पहिरो गएको छ । नेप्से आज १२ दशमलव पाँच अंकले घटेर ११ सय २७ दशमलव ५३ अंकमा पुुग्दा सेन्सिटिभ पनि दुुई दशमलव चार अंकले घटेर दुुई सय ४० दशमलव ४१ अंकमा पुुगेको छ ।

आज एक सय ६० कम्पनीहरुको पाँच हजार पाँच सय ९२ वटा कारोबारमा सात लाख ८२ हजार चार सय ७७ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम २३ करोड ५१ लाख ९४ हजार आठ सय ८३ रुपैयाँ पुुगेको छ ।

आज १० वटा समुहको कारोबार भएकोमा होटल समुहको सुचक सामान्य अंकले बढेर हरियो देखिए पनि बाँकी नौ वटा समुहको सुचक घटेर पुरै रातो देखिएको छ ।

ति मध्ये वाणिज्य बैंक समुहको सुचक छ दशमलव ७२ अंकले घटेर नौ सय ६९ दशमलव ४९ अंकमा पुुगेको छ भने बिकास बैंक समुहको सुचक पनि १४ दशमलव ६५ अंकले घटेर १४ सय २२ दशमलव २८ अंकमा पुुगेको छ । जलबिद्युुत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेर रातै भएकाछन् ।

कमाउने कम्पनीहरुको सुचीमा आज बिजय लघुबित्त बित्तीय संस्था, सोल्टी होटल प्रालि आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा श्री इन्भेष्टमेन्ट फाईनान्स, सामुुदायिक लघुबित्त बित्तीय संस्था आदि परेकाछन् । यसैगरी रकम कारोबारका आधारमा भने आज माछापुच्छ्रे बैंक, अपर तामाकोशी हाईड्रो पावर कम्पनी आदि परेकाछन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आईतवार ११:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।