Logo

पत्रपत्रिका

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन आवश्यक एयर रुट दिन भारत तयार



भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन आवश्यक पर्ने एयर रुट दिन भारत तयार भइसकेको छ ।

दुवै देशको प्राविधिक टोलीले निर्धारण गरेको एयर रुटको उडान अनुमतिका लागि अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन ‘आइकाओ’ मा पठाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

तीन महिनाअघि नै पठाइएकोमा आइकाओबाट स्वीकृति प्राप्त हुनेबित्तिकै उडान सञ्चालन हुन सक्ने प्राधिकरणले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

त्यसैले विमानस्थलको निर्माण सकिएलगत्तै सञ्चालनमा आउने प्राधिकरणका महानिर्देशक गौतमले जनाए । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीनजिकैको यो विमानस्थल सञ्चालनमा आएसँगै लुम्बिनीमा पर्यटकको संख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार ०२:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।