Logo

कर्णाली प्रदेश

कर्णालीमा बेपत्ता भएको जिप अंझै फेला परेन, गोताखोर नहुँदा समस्या



हुम्लामा भएको जीप दुर्घटनाको उद्दारमा समस्या भएको छ। गोताखोर नहुँदा कर्णाली नदीमा खसेको जीप पत्ता लगाउन नसकिएको हो ।

गोताखोर नहुँदा घटना भएको चार घण्टासम्म पनि जीप र यात्रुको अवस्था पत्ता लागेको छैन। कर्णाली नदी धमिलो र बहाव बढेकाले जीपको अवस्था पत्ता लगाउन समस्या भएको हो । हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही सहित दश जना यात्रु बोकेको लु १ ज ७१६६ नम्बर जीप कर्णाली नदीमा बेपत्ता भएको छ ।

घटनामा परि वेपत्ता हुनेमा उपाध्यक्ष शाहीसहित, चालक मणि शाही, चन्द्र हमाल, ढुक्कु भण्डारी, वसन्ती शाही, नन्ददेवि सिंह, कौर विक र उनका दुई वर्षिया बालक, गोकुल सुनार र काठमाडौं थानकोटका एक जना वल्डिङ मास्टर रहेको प्रहरीको जनाएको छ । वल्डिङमास्टर बाहेक अन्य सबै खार्पुनाथ गाउँपालिका स्थानीय रहेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक राजेन्द्रबहादुर सिंहका अनुसार उद्धारका सेनासँग गोताखोर झिकाउने पलह भैरको बताए ।

कर्णाली नदीमा जीप खस्यो, गाउपालिका उपाध्यक्ष सहित १६ जना बेपत्ता

कर्णाली नदीमा जीप खस्दा १६ जना बेपत्ता भएका छन् । खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट मंगलबार अपरान्ह १ बजे गाडी दुर्घटना भएको हो ।

लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिकास्थित यांचुमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीका अनुसार जीप कर्णाली नदीमा बेपत्ता भएको छ । हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जीपको खोजी भइरहेको जानकारी दिए ।

जीप खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शिन्दु हमाल शाही सहित १६ जना वेपता भएको याक्चु प्रहरीलाई उदृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिए । गाडीमा कति यात्रु सवार थिए भन्ने एकिन भइनसकेकोले साहयक प्रमुख जिल्ला अधिकारी पोखरेले जानकारी दिए ।

स्थानीयका अनुसार जीपमा १६ यात्रु सवार थिए । यस्तै वेपत्ता जीपको खोजीका लागि दुई हेलिकोप्टरसमेत परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलवार १२:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।