Logo

मधेश प्रदेश

रातो खोलाले ७० वर्षीय वृद्धलाई बगायो



महोत्तरीको रातो खोलामा आएको बाढीले शुक्रबार बिहान एक वृद्धलाई बगाएको छ । बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको हो ।

विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण रातो खोलामा आएको बाढीले आज बिहान ११ बजेतिर बैठालाई बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। घाँस काट्न वनमा गएको बैठाले खोला तर्न खोज्दा बाढीले बगाएर लगेको प्रहरीले जनाएको छ ।

बाढीले मानिस बगाएको सूचना प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक बुढाथोकीको नेतृत्वमा खटिगएको प्रहरी टोली र सशस्त्र प्रहरी बेस क्याम्प बनौटाबाट खटिएको सशस्त्र प्रहरीले रातो खोलाको किनारामा पर्ने विभिन्न स्थानमा बैठाको खोजतलास गरिरहेका छन् ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार ०८:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।