Logo

अर्थ

अशोक लेलैण्डको “मेगामन्सुन फ्रि चेकअपक्याम्प अफर”



आइएमई. ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले “मेगामन्सुन फ्रि चेकअपक्याम्प अफर” देशभर आफ्ना १३ आउटलेट्सहरुमा लागु हुने गरी ग्राहक महानुभावहरु माझ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहक महानुभावहरुलाई केन्द्रित गर्दै फ्रि चेकअपक्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पाट्र्समा ५ प्रतिशत, ल्युबमा १० प्रतिशत, लेबर शुल्क, ३० प्रतिशत साथै ३० प्रतिशत च्यासिस ग्रीजिंगमा छुट उपलब्ध गर्ने कम्पनीले बताएको छ ।

फ्रि चेक अपक्याम्प दौरान ग्राहक वर्गहरुले आकर्षक उपहारका साथै सुरक्षित ड्राईभिङ सम्बन्धि जानकारी लिन सक्नेछन् । यी अफरहरु साथै निःशुल्क वासिङ्ग, ४५ चेक पोइट्स तथा बम्पर देखि बम्पर चेकअप सहित अन्य फाइदाहरु हुनेछन् ।  यस योजना अशोकले लैण्डका बस, ट्रक, ट्रिपर तथा साना कर्मसियल भेइकलस्का कुनै पनि मोडलका गाडीहरुमा लागु हुने छ ।

यो योजना नेपाल अधिराज्य भरी असार ३० गते देखि श्रावण ०५ सम्म मात्र लागु हुनेछ र साथै सर्भिसिङ्गमा छुट कुपनहरु भाद« ०५ सम्मलागु हुनेछ । आइएमईमोटर्सले ग्राहक वर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र साथ साथै यस योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।

३ वर्षको अन्तरालमा यस आइएमई मोटर्सप्रा.लिले देशभर १४ वटा यगतभितक खोलेर ग्राहक महानुभावहरुमा सेवा प्रदान गर्न सफल मात्र नभई उक्त गाडीहरुका लागि चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाइ पनि पर्याप्त मात्रा मागर्दै आएको छ ।

पुनश्चः–थप जानकारीका लागि कृपया क्लिक गर्नुहोस् http://imegroup.com.np/?p=2724

प्रकाशित मिति : ३० असार २०७६, सोमबार १३:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।