Logo

मधेश प्रदेश

१२० किलो गाँजासहित चारजना पक्राउ



पर्सा प्रहरीले १२० किलो गाँजासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी–१७ का रमेश लामिछाने, टेर्वासुगौली–४ का प्रेम दास, राजेश खवास र डम्मरमणि घिमिरे रहेका छन् ।

वीरगन्ज महानगरपालिका–२८ बगहीबाट पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठौरको टोलीले बीआर ० डिबी ०००३ नम्बरको भारतीय कारको डिक्कीबाट गाँजा बरामद गरेको हो । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको एसपी राठौरले जानकारी दिए ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार ०५:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।