Logo

कर्णाली प्रदेश

भौतिक पूर्वाधारमन्त्रीलाई पक्राउ गर्न उच्च अदालतको आदेश



उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री खडकबहादुर खत्रीलाई पक्राउ गर्न आदेश दिएको छ । उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको संयुक्त वाणिज्य इजलासमा परेको मुद्दामा मंगलबार सुनुवाइ गर्दै बैंकिङ कसुरको मुद्दामा खत्रीलाई पक्राउ गर्न आदेश दिएको हो।

अदालतले मन्त्री खत्रीसँगै अर्का अभियुक्त राजुप्रसाद श्रेष्ठसहित पाँच जनाविरुद्ध परेको मुद्दामा सुनुवाइ गर्दै उक्त आदेश दिइएको हो। एक करोड दश लाख असी हजार रुपैयाँको गलत कारोवारमा उनीहरू दोषी ठहरिएका हुन्।

त्यसै गरी छविलाल ढकाल, रणधीर तुम्बा र देवजंग शाहीलाई अदालतले जनही छ लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको छ।

कृषी विकास बैंक भोजपुरबाट किर्ते गरी बैंक ग्यारेन्टीको पत्र भोजपुर जिल्ला प्राविधिक कार्यालयमा पेस गरेको ठहर गर्दै अदालतलमा पाँच अभियुक्तविरुद्ध मुद्दा दायर भएको थियो।

मुख्य अभियुक्त मानिएका श्रेष्ठ र प्रदेशका मन्त्री खत्रीलाई अदालतले फरार भनेको छ। मन्त्री खत्रीलाई पक्राउ गरेर बयानका लागि तीन दिन भित्र अदालतमा पेस गर्न आदेश दिइएको छ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार १६:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।