नेकपाले ह्विप लगाएर प्रदेश ३ को नाम र राजधानी टुंगो लगाउने भएको छ । नेकपा सचिवालयको निर्देशनअनुसार प्रदेश संसदीय दलले नाम बागमती र राजधानी हेटौंडा कायम गर्न ह्विप लगाउन लागेको हो ।
‘प्रदेशसभामा नेकपाबाट स्थायी राजधानी हेटौंडा र नाम बागमती मात्र प्रस्ताव जान्छ’, नेकपाका नेता तथा प्रदेशसभा सदस्य दीपक निरौलाले भने, ‘त्यसका लागि पार्टी केन्द्रको निर्देशन मान्नुको विकल्प छैन ।’
यसका लागि बिहीबार नेकपा प्रदेश संसदीय दलको बैठक बस्दै छ । बैठकमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहालको निर्देशनबारे संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहालले जानकारी गराउनेछन्।
‘बैठकमा हामी पार्टीको मार्ग्निर्देशनबारे प्रदेशसभा सदस्यहरूलाई फेरि जानकारी गराउँछौं’, नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहालले भने, ‘पार्टीको निर्देशन नै ह्विप हो। पार्टी लाइनबाहिर जानेहरू पार्टीको सदस्य हुन सक्दैनन् । अन्नपूर्ण पोस्टबाट
















प्रतिक्रिया