Logo

प्रदेश

कोरोना भाइरस: राहत वितरणमा विभेद नगर्न राजपा युवा नेता श्रेष्ठको आग्रह



विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन भन्दै चैत ११ देखि लागु भएको लकडाउन जारी छ । लकडाउनकै कारण दैनिक काम गरेर खाने मजदुर र विपन्न वर्ग अतिप्रभावित बनेका छन् । मजदुर र विपन्न समुदायका लागि भन्दै सरकारी र गैरसरकारी क्षेत्रबाट बितरण गरिएको राहतमा विभेद गरिएको भन्दै आक्रोश समेत चुलिएको छ ।

यस्तोमा राष्ट्रिय जनता पार्टी धनुषाका युवा अध्यक्ष सुनिलकुमार श्रेष्ठले राहत वितरणमा विभेद नगर्न आग्रह गरेका छन् । ‘संकटको यस घडीमा मजदुर तथा विपन्न बर्गको लागि गरिने राहत वितरणमा चरम विभेद गरिएको भन्दै त्यसो नगर्न’ आग्रह गरेका हुन् ।

‘अहिलेसम्मको राहत वितरणको शैली हेर्दा त्यो पार्टीगत भावनाबाट प्रेरित भएको देखिन्छ, तर संकटको घडीमा जीवन रक्षाको लागि गरिने राहत वितरणमा समेत अनावश्यक राजनीति भएको देखिएको छ । राहत वितरण गर्ने बेलामा पार्टीगत राजनीति भन्दा मानवतालाई प्राथमिकतामा राख्नुपर्छ ।’ उनको भनाइ छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन गर्ने सरकारको निर्णय स्वागतयोग्य भएपनि राहत वितरणको नाममा आफ्नो समाजसेवाको प्रचार गर्ने माध्यम बनाउनु र संकटको घडीमा पार्टीगत राजनीतिलाई बढावा दिने काम गर्नु खेदजनक रहेको समेत उनको टिप्पणी छ । त्यो सँगै सरकारले वितरण गरेको राहत समेत निकै न्यून रहेको उनको भनाइ छ ।

मजदुर र विपन्न वर्ग कोरोनाका कारण भन्दा पनि भोकले मर्न सक्ने परिस्थिति आउन सक्ने भन्दै सरकार र सम्बन्धित निकायलाई पनि त्यतातर्फ ध्यान दिन आग्रह गर्दै समाजसेवी र समाजका उपल्लो तहका नागरिकले समेत समाजका कमजोर र विपन्न वर्गलाई सहयोग गरि सबैको बाँच्न पाउने हकको प्रत्याभूति गर्न समेत अपिल गरे ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार ०८:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।