पर्वतको कुश्मा नगरपालिका – ३ दुर्लुङको ढकालबारीमा शनिबार साँझको वर्षासँगै माथिबाट आएको पहिरोले पुरिंदा आठजनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् ।
पहिरोमा पुरिएका उनीहरुको उद्धारमा खटिएका सुरक्षाकर्मीले शव फेला पारेका थिए । शनिबार साँझ परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएर ५८ वर्षीय तुलबहादुर थापा, उनकी पत्नी मीनकुमारी थापा, नातिनी विविशा थापाको मृत्यु भएको छ । यस्तै दीपा थापा र कमला विक र प्रमिसा विकको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । यस्तै सम्राट थापा र विवेक थापाको पनि शव भेटिएको पर्वतका जनाइएको छ ।
खोजिमा संलग्न स्थानिय अधिकारीका अनुसार प्रहरीले बिहान २ बजेसम्म खोजी जारी राखेका थिए । अहिले पनि त्यहाँ सुरक्षाकर्मीद्वारा उद्धार कार्य जारी छ । घटनास्थलमा डोजर पनि लगिएको छ । तर अरु घरलाई पनि खतरा हुने भएकाले सुरक्षाकर्मी र स्थानीय बासिन्दा स्थानीय उपकरणबाटै उद्धारमा जुटेका छन्, अब एकजना बेपत्ताको खोजी भइरहेको छ ।




















प्रतिक्रिया