Logo

प्रमुख समाचार

काठमाडौं प्रवेशमा थप कडाइ गर्दै सरकार



जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गरेको छ।

काठमाडौं बाहिरबाट उपत्यका प्रवेश गर्न चाहनेले अब पास लिन सम्बन्धित स्थानीय तहको स्वीकृति लिन पर्ने छ ।

काठमाडौंमा भने सवारी पास नचाहिने प्रशासनले जनाएको छ। ‘जिल्लाभित्र जोर बिजोर प्रणाली लागू भइसकेकोले काठमाडौं जिल्लाभित्रको लागि सवारी पास हाललाई बन्द गरिएको छ ।

काठमाडौं जिल्लाको जुन नगरपालिकामा बसोबास रहेको छ सोही नगरपालिकाले प्रवेशको लागि दिएको अनुमतिसहित यात्रा सुरू गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु हुन,’ प्रशासकीय अधिकृत मानबहादुर बुढाले आइतबार निकालेको सूचनामा उल्लेख

काठमाडौं उपत्यकाबाट बाहिर जान प्रशासन कार्यालय काठमाडौंमा प्रयोजन खुल्ने कागजात पेश गर्नुपर्छ।

‘सरकारी वा संस्थागत कामका काठमाडौं बाहिर जानुपर्ने भए सम्बन्धित संस्थाको सिफारिस पत्र सहित यस कार्यालयमा सम्पर्क राख्नु हुन’ सूचनामा भनिएको छ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आईतवार १५:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।