काठमाडौं । पीएचपी प्रणालीमा देखिएको सुरक्षा जोखिमका कारण अस्थायी रूपमा बन्द गरिएका माछापुच्छ्रे बैंकका वेबसाइट तथा वेबमा आधारित सेवाहरू पुनः सञ्चालनमा आएका छन् ।
बैंकले आवश्यक प्राविधिक कार्य र सुरक्षा प्रणाली अद्यावधिक सम्पन्न गरेसँगै अवरुद्ध सेवाहरू पुनः सञ्चालनमा ल्याइएको जनाएको छ ।
बैंकका अनुसार पीएचपी प्रणालीमा देखिएको विश्वव्यापी सुरक्षा समस्यालाई मध्यनजर गर्दै ग्राहकसँग सम्बन्धित केही अनलाइन सेवा सम्भावित जोखिमबाट सुरक्षित राख्न अस्थायी रूपमा बन्द गरिएको थियो ।
प्रणालीको सुरक्षा सुनिश्चित गर्न आवश्यक अद्यावधिक तथा प्राविधिक सुधारका काम पूरा भएपछि सबै सेवा नियमित अवस्थामा फर्काइएको बैंकले जनाएको छ ।




















प्रतिक्रिया