कैलालीमा क्वारेन्टिनमा बसेकी १ महिलामाथि बलात्कारको प्रयास भएको छ । लम्किचुहा नगरपालिका – १ मा रहेको सहिद स्मृति माविको क्वारेन्टिनमा बसेकी ३१ वर्षीया महिलामाथि बलात्कार प्रयास भएको हो ।
पीडित महिलाका अनुसार स्वयंसेवकको रूपमा रहेका तीन जनाले आफूमाथि बलात्कार प्रयास गरेको उनले बताएकी छिन् । इलाका प्रहरी कार्यलय लम्किका अनुसार अहिले क्वारेन्टिनमा प्रहरी पठाइएको र विस्तृत विवरण प्राप्त हुन नसकेको जनाएको छ ।
यता जिल्ला प्रहरी कार्यलय कैलालीले भने महिलामाथि दुर्व्यवहार भएको भन्ने उजुरी आए लगत्तै ३ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।
घटनापछि लम्कीका स्थानीयले बिरोध प्रदर्शन गरेका छन । अहिले लम्की क्षेत्रमा सडकअवरूद्ध गरेर प्रदर्शन भइरहेको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
क्वारेन्टिनमै बलात्कार भएको भन्दै अहिले उक्त स्थानमा स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन् ।




















प्रतिक्रिया