Logo

प्रमुख समाचार

साउन १७ सम्म आन्तरिक तथा अन्तराष्ट्रिय उडानमा रोक



 

सरकारले साउन १७ सम्म आन्तरिक र अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध थप गर्ने तयारी गरेको छ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण चैत ११ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो।

पटक–पटक प्रतिबन्ध थप गरी असार २१ सम्म पुर्‍याएको प्रतिबन्ध साउन १७ सम्म लम्बाउने तयारी भएको पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय स्रोतले जनाएको छ।

‘साउन १७ सम्म प्रतिबन्ध थप गर्ने तयारी भएको छ। तर, औपचारिक निर्णय भने भइसकेको छैन,’ मन्त्रालय स्रोतले भन्यो।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार १६:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।