मणिपाल अस्पतालका डाक्टर सहित दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार पोखरा स्थित मणिपाल अस्पतालमा बिरामी जाँचि रहेका डाक्टरलाई कोरोना भाइरस संक्रमण देखा परेको हो ।
उनमा केहि दिन देखी सामान्य ज्वरो आएको थियो। कोरोना संक्रमणका आशंकामा आइतबार उनको स्वाब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा परिक्षणका लागि पठाइएको र उनको रिपोर्ट कोरोना पोजेटिभ आएको जनाएको छ । उनीहरुलाई क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए।
संक्रमित डाक्टरले जाँचेको गरेको बिरामी र उनको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङको काम सुरू गरिसकेको अस्पतालले जनाएको छ ।





















प्रतिक्रिया