सूसुचित नेपालको चित्र स्लोगन राखेर अनलाइन पत्रकारिताको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल चेन्ज नेपाल ग्रुप अफ कम्पनी प्रा.लि.द्वारा सञ्चालित अनलाइनपाना डटकममा अभिनेता जय किशन बस्नेत नियुक्त भएका छन् । चेन्ज नेपाल ग्रुप अफ कम्पनी प्रा.लि.ले बस्नेतलाई श्रमजीवि पत्रकार सम्बन्धी ऐन २०५१ (संशोधन सहितको) दफा ३ (क) बमोजिम ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।
नेपाल भर कार्य क्षेत्र रहने गरि अभिनेता बस्नेतलाई ६ महिना परिक्षण काल रहने गरी स्थायी नियुक्त गरिएको कम्पनीका अध्यक्ष नारायण प्रसाद अधिकारीले जानकारी दिए । बस्नेतलाई मासिक एक लाख पचास हजार पारिश्रमिक दिइने सहमति समेत भएको छ ।
मन नामक चलचित्रबाट नायकको रुपमा चलचित्र क्षेत्रमा उदाएका बस्नेत सदावहार कलाकारका रुपमा चिनिन्छन् भने उनले निर्माता तथा निर्देशकमा समेत आफुलाई अब्बल प्रमाणित गरि सकेका छन् । झण्डै डेढ सयको संख्यामा चलचित्रहरुमा अभिनय गरेका नायक बस्नेत हाल पनि व्यस्त छन् भने आफ्नो होम प्रोडक्सनको पछिल्लो चलचित्र धूम ४ निर्माणको तयारीमा रहेका छन् ।




















प्रतिक्रिया