Logo

अनलाइनपाना खोज

भीम रावलहरु बैठकमा सहभागी भएपछि एमाले नेताहरुको ग्रुप फोटो सेसन, एक जना महिला



नेकपा ९एमाले० को स्थायी कमिटी बैठक आज बसेको छ । ललितपुरस्थित् तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको बैठकपछि नेताहरुले सामूहिक तस्विर खिचेका थिए तर महिलाको संख्या भने एक जनाको रहेको छ ।

२०७७ पुष ५ गतेदेखि केपी शर्मा ओलीले बोलाएको कुनैपनि बैठकमा सहभागी नभएका भीम रावलसहितका नेताहरु आज पहिलोपटक स्थायी कमिटीको बैठकमा सहभागी भएकोले पनि होला नेताहरुले आज सामूहिक तस्विर खिचाएका थिए । एक नेताका अनुसार एकताबद्ध एमालेको सन्देश दिनको लागि आज सामूहिक तस्विर खिचाईएको हो ।

लामो समयसम्म माधव नेपाललाई साथ दिएका एमालेका दोस्रो पुस्ताका नेताहरु आजको स्थायी कमिटी बैठकमा सहभागी भएका थिए । उता, माधव नेपालले भने पार्टी विभाजन गरेर नयाँ दल दर्ता गराएका छन् । निर्वाचन आयोगले दल दर्ताको लागि माधव नेपालसहित नेताहरुलाई भोलि विहान ११ बजेपछि आयोगको कार्यालयमा सनाखतको लागि बोलाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार ०९:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।