काठमाडौंमा कोरोना (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका व्यक्तिलाई यहि भदौ ११ गतेदेखि दोस्रो डोज लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंले भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएपनि ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा भएकाले कार्यतालिका हेरफेर गरी ११ गते देखि दोस्रो डोज लगाउने निर्णय गरेको हो ।
स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले भदौ ११ गतेदेखि तीन दिनसम्म चल्ने खोप अभियानमा चल्ने बताए । उनका अनुसार २ लाख १६ हजार व्यक्तिले भेरोसेलको दोस्रो डोज लगाउने छन् । भेरोसेलको दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको कार्ड अनिवार्य लिएर जानुपर्ने छ ।





















प्रतिक्रिया