कोरोना संक्रमणको कारण बिगत ४ महिनादेखि बन्द भएका विद्यालयहरु खुल्ने भएका छन् ।
आज जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख र सरोकारवालासँगको छलफलपछि विद्यालय खोल्न दिने निर्णय भएको हो । असोज १ गतेदेखि विद्यालयहरु खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यलाय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
‘धेरै विद्यालयमा अनलाइन पठनपाठन भएको रहेनछ । त्यसैलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खोल्ने निर्णय भएको छ,’ प्रजिअ पराजुलीले भने । काठमाडौंका ६० प्रतिशत सामुदायि विद्यालयहरुमा अनलाइन शिक्षा नभएको तथ्याङ्कले देखाएको छ।
बुढानीलकण्ठ, शंकारापुर, कागेश्वरी मनोहरा लगायतका नगरपालिकामा अनलाइन शिक्षा भएको देखिएको छैन । त्यसैले सम्पूर्ण शिक्षकहरुलाई कोरोना बिरुद्धको खोप लगाएर नगरपालिकाको नगर शिक्षा समितिले तोकेर विद्यालय खोल्ने निर्णय भएको हो ।
















प्रतिक्रिया