Logo

शिक्षा

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने सर्वोच्च अदालतका सह-रजिष्ट्रार पौडेल पहिलो नम्बरमा



आज निजामती कर्मचारी दिवस । सरकारले ३० जना निजामती कर्मचारीलाई पुरस्कार दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको हिजोको बैठकले गरेको निर्णय आज सार्वजनिक गरिएको छ । उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरुमा सर्वोच्च अदालतका सह रजिष्ट्रार विमल पौडेल पहिलो नम्बरमा छन् ।

राष्ट्रिय योजना आयोगका सहसचिव डा। किरण रुपाखेती, अख्तियारका सहसचिव राजेन्द्रकुमार केसी, सामान्य प्रशासनका सहसचिव विष्णुदत्त गौतम, स्वास्थ्य सेवा विभागका निर्देशक डा। भीमसिं तिङ्करी, महान्यायधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता हरिशंकर ज्ञवाली, महालेखा परीक्षकको कार्यालयका निर्देशक नेत्रप्रसाद पौडेल, भूमि व्यवस्थापनका निर्देशक सुमन अर्याल वाग्ले, वेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र महिला तथा बालबालिकाका विभागका नायब सुब्बा कमला ढकाल काफ्ले छन् ।

यस वर्ष कुनैपनि कर्मचारी सर्वोत्कृष्ट घोषित भएननन् ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलवार ०८:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।