Logo

प्रमुख समाचार

नेकपा एस बागमती प्रदेश : दलको उपनेतामा कृष्णप्रसाद खनाल चयन, प्रमुख सचेतकमा मुनु सिग्देल



नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाललाई चयन भएका छन् । हेटौँडामा सोमबार बसेको संसदीय दलको बैठकले उपनेतामा खनाललाई चयन गरेको हो ।

यसअघि आइतबारको बैठकले संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गरेको थियो । यस्तै, सोमबारको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईंलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउनका लागि आवश्यक तयारी गर्ने पनि निर्णय भएको छ । यसका लागि दलका नेता पाण्डेलाई गठबन्धनमा आवद्ध दलहरू माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरूसँग समन्वय गर्ने जिम्मा दिएको छ ।

यस्तै, तीन दलको सरकार निर्माण भएपछि सरकारकोतर्फबाट गर्ने न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न प्रदेशसभा सदस्यहरू माधवप्रसाद पौडेल, बसन्तप्रसाद मानन्धर, मीना ज्ञवाली र बसुन्धरा हुमागाईंलाई जिम्मा दिइएको नेकपा एकीकृत समाजवादीले बताएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १६:३०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।