लोक सेवा आयोगले भोलि आइतबारका लागि तोकिएका परीक्षाहरु स्थगन गरेको छ। आयोगले उपसचिव, इन्जिनियर र नायब सुब्बा पदका लागि निर्धारित लिखित परीक्षा आयोगले स्थगन गरेको हो।
सर्वोच्च अदालतको ३० र ३१ भदौमा दिएको आदेशबमोजिम भन्दै आयोगले भोलि असोज ३ र ४ गते गर्ने भनिएको उपसचिव वा सो सरह ९शिक्षा, शिक्षा प्रशासन० को परीक्षा स्थगन गरेको हो।
यस्तै ९ र १० असोजमा गर्ने भनिएको इन्जिनियर पदको लिखित परीक्षा पनि आयोगले स्थगन गरेको छ। यस्तै ९ देखि १५ असोजसम्म गर्ने भनिएको नायब सुब्बा वा सो सरहको लिखित परीक्षा पनि हाललाई स्थगन गरिएको आयोगले जनाएको छ।

















प्रतिक्रिया