Logo

मनोरञ्जन

कलाकार रमेश केसीको सुटिङकै क्रममा मृत्यु



आज आईतबार कलाकार रमेश केसी ‘मट्टारे’को मृत्यु भएको छ । केसीको निधन हृदयघातबाट भएको कलाकार उत्तम केसीले जानकारी दिए । ‘आइतबार छन्दे स्टुडियोमा केसी एउटा म्युजिक भिडियो सुटिङ गर्दै थिए । सुटिङकै क्रममा उनि एक्कासी ढलेको र तरुन्तै गंगालाल अस्पतालमा पुर्याइएको उक्त केसीले बताए ।

उनी बिहानै सिरियल ‘हल्के हवल्दार’ टिमको एक म्युजिक भिडियो सुटिङका लागि पुगेका थिए । छन्दे स्टुडियो तारकेश्वर नगरपालिका वडा नं ६ महाँकालमा रहेको छ ।विगत लामो समयदेखि केसी मुटु सम्बन्धी समस्याबाट ग्रसित थिए ।कलाकार केसीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । अन्त्येष्टि अगाडि उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमै केही समय राखिने छ ।

रंगमञ्चबाट अभिनय थालेका केसीले थुप्रै नाक, सडक नाटक, म्युजिक भिडियो, टेलिसिरियल र फिल्मसमेत अभिनय गरेका छन् । उनी पछिल्लो समय सिरियल ‘एकादेशको चुरिफुरी’ ‘हर्के हवल्दार’ लगायतमा देखिँदै आएका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आईतवार १४:४८   :  बजे

732
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।