इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले बिहीबार खुम्बु पुगेर बिहे पक्का गरेका हुन् ।
इन्दिरा र शरदले औँठी साटेको भिडियो टिकटक प्रेमीका लागि चर्चाको विषय बनेको छ । उनीहरूबीच इन्गेजमेन्ट भएको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा पोस्ट गरेका छन् । इन्दिरा र शरद हेलिकप्टरबाट खुम्बु क्षेत्र पुगेका थिए । गायनमा सक्रिय इन्दिरा रियालिटी शो नेपाल आइडलमा निर्णायक थिइन् ।





















प्रतिक्रिया