Logo

मनोरञ्जन

जीवन गीत लिएर आए आरोशी र दीपेश (भिडियो सहित)



माया प्रेम भन्दा फरक जिन्दगीको यथार्थलाई प्रस्तुत गरिएको ‘जीवन गीत’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा मुर्तिकार, गायक तथा संगीतकार मन्जुल मितेरी र लोकप्रिय गायिका मेलिना राईको युगल स्वर सुन्न सकिन्छ। मन्जुल मितेरीको नै गीतमा शब्द , संगीत रहेको छ। गीतमा वादल लिम्बुको संगीत संयोजन रहेको छ।

भिडियोको सम्पूर्ण छायांकन साइप्रसमा गरिएको हो। आना होन्छेनले छायांकन गरेको भिडियोमा आरोशी थापा र दीपेश मगर फिचर्ड छन्। अनिल रानाले भिडियोलाई सम्पादन गरेका हुन्।

ए एस ए ग्रुप प्रोडक्सनको दोस्रो प्रस्तुतिको रुपमा सार्वजनिक गरिएको यस भिडियोलाई गीतकार सरिता लिङ्देनको निर्देशनमा तयार पारिएको हो भने हाइलाइट्स नेपालको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ। भिडियोलाई दर्शक स्रोताले एकदमै रुचाएका छन् ।

भिडियो लिंक:

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार १४:३९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।