Logo

मनोरञ्जन

शिव परियारको पिउन सुरु गरेपछि छिट्टै बजारमा



चर्चित गायक शिव परियारको “पिउँदिन भन्दा भन्दै पिलायो साथीले “ को अपार सफलता पछि पिउने र पिलाउने श्रिङ्खलाको फेरी अर्को गित “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” भन्ने बोलको अर्काे गित छिट्टै बजारमा आउने भएको छ ।

यस गितलाई इम्प्रेसन्स इन्टरटेनमेन्टले बजारमा ल्याउन लागेको हो ।

मनोरञ्जन उद्दोगका सिद्द हस्त नृत्य निर्देशक कविराज गहतराज र छायाङ्कार हरि हुमागाईको संलग्नतामा अत्यन्त भब्यताका साथ क्लब प्ल्याटिनममा सोमबार उक्त गितको छायाङ्कन सम्पन्न भएको छ ।

यस गीतमा नेपाली चलचित्रका लोकप्रिय नायक, पुष्प खड्काका साथमा टिकटक स्टार्स , अन्जली लुइंटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहने छ । मिडिया हब प्रा। लि। बाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिज गर्ने तयारी भईरहेको यो गितले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निश्चित छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार ११:२३   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।