Logo

मनोरञ्जन

गायक भक्त घलेको ‘काफल टिप्न’ जाउँ सार्वजनिक (भिडियो सहित)



अमेरिकाको पेन्सिलभेनिया निवासी भक्त घलेको स्वर, शब्द र संगीतमा समावेश काफल टिप्न जाउँ बोलको बिल्कुलै नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गाउँघरका साथीभाईहरु संगको खेतबारी काम गर्दाको र वनपाखामा गाइगोरु चराउदाको रमाइलो यादहरुलाई व्यक्त गरिएको छ।

अर्ग्यानिक टेस्टको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा वरिष्ठ कलाकार कविता आलेको साथमा कमल सिंह र नग्मा श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।

सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्शव दाहाल छायांकन गरेका हुन्। शिलन लम्सालले सम्पादन गरेको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। गायक घलेको आधिर्कारिक च्यानल भक्त घले मार्फत भिडियो सार्वजनिक गरिएको हो।

भिडियो लिंक:

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार १४:३६   :  बजे

309
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।