Logo

सिद्धार्थ बैंकले ३० अर्ब बराबरको ऋणपत्र बिक्रि खुला गर्दै 



सिद्धार्थ बैंकले ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र बिक्री खुला गर्न लागेको छ । प्रति कित्ता हजारका दरले ३० लाख कित्ता ‘८.५०प्रतिशत एसविएल डिबेन्चर २०८४’ बिक्री गर्न लागेको हो ।

उक्त ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले १२ लाख कित्तामा आवेदन दिन पाउने छन् भने १८ लाख कित्ता बैंकले नै विभिन्न संघसंस्थालाई बिक्री गर्ने छ । ७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ८दशमलव ५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ ।  ऋणपत्र निष्काशनको लागि बैंकले एनएमबी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । उक्त सेयरमा न्यूनतम २५ देखि अधिकत्तम सबै कित्तामा आवेदन दिन पाइने छ ।

लगानीकर्ताले असोज १६ गतेबाट २० गतेसम्म आवेदन दिन पाउने छन् । त्यो अवधिमा बिक्री नभएमा असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।

ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी एलए’ रेटिङ दिएको हो । सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

बैंकले ऋणपत्रको लागि साउन १८ गते बोर्डमा आवेदन दिएको थियो । 

प्रकाशित मिति : आश्विन ८, २०७७ बिहीबार  १ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।