Logo

प्रमुख समाचार

मुख्यमन्त्री शाक्यको विश्वासको मत सम्बन्धी प्रस्ताव संसदमा पेश



बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव संसद्मा प्रस्तुत गरिएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकमा शाक्यको विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको हो ।

आइतबार साँझ बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव सदनमा प्रस्तुत गरिन् । शाक्यले नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार तथा बागमती प्रदेशसभा नियमावलीको धारा १४३ को १ अनुसार विश्वासको मत लिने सम्बन्धी प्रस्ताव संसद्मा पेश गरेकी हुन् ।

मुख्यमन्त्री शाक्यले संसद्मा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै निर्वाचन आयोगको गत भदौ २५ गतेको निर्णय अनुसार नेकपा एमाले विभाजन पछि १३ जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेकाले आफूले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रस्तुत गरेको बताइन् । मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रस्तुत गरेसँगै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक आगामी कात्तिक ४ गते दिउँसो १ बजेका लागि बोलाएका हुन् ।

प्रकाशित मिति : आश्विन २४, २०७८ आईतबार  ६ : २८ बजे

189
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।