Logo

मनोरञ्जन

चलचित्र ‘रस्ट’को छायांकनका क्रममा अभिनेता एलेकको गोली चलेपछि….



हलिउड चलचित्र ‘रस्ट’को छायांकन सेटमा साँच्चै गोली चलेपछि सेटमा एकजनाको ज्यान गएको छ । न्यु मेक्सिको फिल्म सेटमा अभिनेता एलेक बाल्डविनले चलाएको प्रोप बन्दुकबाट यस्तो घटना घटेको हो । १९ औं दशकको वेस्टर्न रस्टको दृश्य छायांकनको क्रममा अभिनेताले चलाएको बन्दुकबाट यस्तो घटना भएको अमेरिकी प्रहरीले पुष्टि गरेको छ ।

गोली लागेर मृत्यु हुनेमा ४२ वर्षिय फोटोग्राफी निर्देशक हलिना हजिन्स हुन् । त्यस्तै ४८ वर्षिय निर्देशक जोएल सूजा घाइते भएका छन् । उनको अहिले उपचार भैरहेको छ ।

प्रहरीले अहिले उक्त छायांकन स्थललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । कुनै मुद्दा दर्ता नगरेको पनि प्रहरीले जानकारी दिएको छ । थुप्रै अवार्ड विजेता अभिनेता बाल्डविन यो चलचित्रका सह–निर्माता पनि हुन् ।
एजेन्सी

प्रकाशित मिति : कार्तिक ५, २०७८ शुक्रबार  २ : १४ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।